काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।
मंगलबार ट्वीट गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
प्रचण्डले ट्वीट गर्दै भनेका छन्, ‘हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनुभएको छ । उहाँको दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकहरूले तयारी गरेका छन् । प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका थिए ।
हाम्रो पार्टीका अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि यही २०७६ फागुन १९ गते शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना हुनुभएको छ । उहाँकाे दोश्रो पटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । pic.twitter.com/Ul3ucAcGi1
— ☭ Comrade Prachanda (@cmprachanda) March 3, 2020




प्रतिक्रिया