सकियो ओली–प्रचण्डबीचको वान टु वान वार्ता, भाेली विहान एकता संयाेजन समितिकाे बैठक बस्दै

सकियो ओली–प्रचण्डबीचको वान टु वान वार्ता, भाेली विहान एकता संयाेजन समितिकाे बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ विच आज भएको भेट सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा भोली विहान ९ बजे एकता संयोजन समितिको वैठक बस्नेगरी सकिएको हो ।

पार्टी एकताको विवादित विषयको कुरा मिलाउनका लागि उनीहरू विच प्रधानमन्त्री निवासमा २ घण्टा लामो वार्ता भएको थियो ।स्रोतका अनुसार  बैठकले भोली बिहान पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्श निकालेको छ।

दुवै नेताको सहमती अनुसार भोली बिहान दुवै दलको एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्नेछ। माओवादीले समानताका आधारमा एकतामा बराबरी हैसियत मागेको छ। एमालेले चुनावी नतिजाका आधारमा एकता गर्न सकिने बताउँदै आएको छ।