ओलीसँग देउवाको प्रस्तावः उपसभामुख कांग्रेसलाई दिनू !


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा छलफल भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

सो अवसरमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिएका थिए । सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख काँग्रेसले पाउनुपर्ने कुरा राखेको उपनेता नेम्वाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement