बालुवाटारमा शीर्ष तीन नेताबीच भेटवार्ता, स्थायी कमिटी बैठकबारे छलफल

बालुवाटारमा शीर्ष तीन नेताबीच भेटवार्ता, स्थायी कमिटी बैठकबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष तीन नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।

पछिल्लो समय नेकपामा देखिएको विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आगमी वैशाख २५ गते बस्ने नेकपा स्थायी कमिटी बैठकका एजेण्डा र विवाद समाधानका लागि तीन नेताबीच छलफल भइरहेको छ ।

वैशाख २० मा बसेको सचिवालय बैठकबाट नेकपामा उत्कर्षमा पुगेको विवाद तत्काललाई रोकिएको छ । नेताहरुले सचिवालय बैठकबाट सबै विवादको अन्त्य भएको बताउँदै आएका छन् ।