काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलले काठमाण्डुको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको ‘भ्यु टावर’ काे उद्घाटन गरेका छन् ।
मंगलबार अध्यक्ष ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शंकर नगरमा निर्मित १० तले टावरको उद्घाटन गरेका हुन् । उक्त टावर साढे ११ करोड रुपैया लागतमा तयार भएको जनाइएको छ । कूल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यू टावरको पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ ।
लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।




प्रतिक्रिया