काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोही आङ्रिता शेर्पाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको निधनप्रति दुः व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति समवेदना ब्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ ।’




प्रतिक्रिया