प्रचण्डले लगाएका आरोप तथ्यहिन छन्, एक–एक जवाफ दिन्छुः प्रधानमन्त्री ओली

प्रचण्डले लगाएका आरोप तथ्यहिन छन्, एक–एक जवाफ दिन्छुः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावको जवाफ एक–एक गरेर दिने बताएका छन् ।

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले आफूमाथि गलत आरोप लगाएको बताएका छन् । उनले उक्त आरोपमा तथ्यपूर्ण नभएको भन्दै जवाफ दिन केही समय लाग्ने बताएका थिए ।

‘प्रचण्डले लगाएका आरोप तथ्यहिन छन्’, बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसको प्रतिवाद नगरी बस्न सकिँदैन । म एक–एक जवाफ दिन्छु ।’

प्रधानमन्त्री ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । सोही बैठकले प्रधानमन्त्रीको उक्त प्रस्तावबारे छलफल गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।