अहिलेको सत्ता गठबन्धन आउँदो चुनावपछि हराउँछ : अध्यक्ष ओली 

अहिलेको सत्ता गठबन्धन आउँदो चुनावपछि हराउँछ : अध्यक्ष ओली 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्मचारीहरूको असहयोगका कारण साेचेअनुसार काम गर्न नसकेको बताएका छन् । शनिबार बानेश्वरमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफ्नो सरकार हुँदा प्रतिपक्षी नेताहरूले समेत  कर्मचारीहरूलाई असहयोग गर्न निर्देशन दिएको आरोप लगाए ।

 उनले जसको सरकार आएपनि कर्मचारीहरूले काम गर्नुपर्ने बताए । यस्तै उनले आउँदो चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरू हराउने दावी गरेका छन् । ‘१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्, कता बिलाउँछन्’ उनले भने, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एक छिनपछि पग्लेर जान्छन् । धेरै चिन्ता गर्नुपर्दैन ।’  

ओलीले अब १४ महिनापछि अनिवार्य चुनाव गराउनैपर्ने बताए । भेलामा पार्टीका महासचिव ईश्वर पोखरेल, स्थायी सदस्य तथा बागमतीका इन्चार्ज रामबहादुर बादल सहभागी भएका थिए ।