७४ वर्षसम्म ओली एमालेको अध्यक्षमा रहन पाउने

७४ वर्षसम्म ओली एमालेको अध्यक्षमा रहन पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् ।  आइतबार जारी विधान महाधिवेशनमा एमाले उपमहासचिव विष्णु पौडेलले ७० वर्षे प्रावधानलाई निरन्तरता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या गरेका हुन् । 

यसअघि भने ७० वर्ष पूरा भएका नेताले आफू निर्वाचित भएको पदबाट बीचमै राजीनामा दिनुपर्ने थियो । तर विधान महाधिवेशनले त्यसलाई थप व्याख्या गर्दै ७० वर्ष पूरा नभएसम्म पदाधिकारीमा उठ्न पाउने र आफू निर्वाचित भएको पद पूरै कार्यकाल बिताउन पाउने व्यवस्था गरेकाे छ ।

अब ओलीलाई फेरि अध्यक्षमा उठ्न विधानले रोक्ने छैन । अहिले अध्यक्ष ओली ६९ वर्षका छन् । महाधिवेशनका हुँदाका बखत उनी ७० वर्ष पनि पुग्ने छैनन् । त्यसैले उनले पूरै कार्यकाल अध्यक्षमै रहन पाउने भएका छन् ।