ठूला भनिएका शक्तिले लखेटेपनि जनताले धेरै माया गरे : अध्यक्ष ओली

ठूला भनिएका शक्तिले लखेटेपनि जनताले धेरै माया गरे : अध्यक्ष ओली

मूलढोकाबाट फेरि सिंहदरबार फकिन्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ठूला भनिएका शक्तिहरूले लखेटेपनि जनताले सबैभन्दा धेरै माया गरेको बताएका छन्।

आइतबार मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँची पुगेका अध्यक्ष ओलीले ठूला भनिएका शक्तिहरूले लखेटे पनि जनताले सबैभन्दा धेरै माया गरेको पनि बताएका हुन् ।

ठूला-ठूला भनेका देशहरूले लखेट्छन् । ठूला शक्ति भनेकाले लेखट्छन् तर जनताको माया सबैभन्दा बढी कोही व्यक्तिले नेपालमा पाएको छ भने मैले पाएको छु, त्यो सौभाग्य मलाई मिलेको छ,’ उनले भने ।

अध्यक्ष ओलीले एमालेको पहलमा कम्युनिष्ट पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्‍याइए पनि जोगाउन नसकेको बताए । ‘हामीलाई जालझेल गरेर हटाइयो । आवश्यकता एकातिर थियो । संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो,’ उनले भने, ‘हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मूलढोकाबाट फेरि सिंहदरबार फकिन्छौं भन्ने मैले हामीलाई हटाउने बेलामै भनिएको थिएँ । अहिले पनि त्यही भन्छु ।’ त्यस्तै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सपार्न प्रधानमन्त्री बनाएको भएपनि सफल नभएको बताए ।