ओली सरकारका ५ महिने उपलब्धी सुन तस्कर कारबाहीदेखि सिण्डकेट अन्त्यसम्म

ओली सरकारका ५ महिने उपलब्धी सुन तस्कर कारबाहीदेखि सिण्डकेट अन्त्यसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले पाँच महिनामा विभिन्न क्षेत्रमा ९२ उपलब्धि हासिल भएको दावी गरेको छ। ‘प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको वर्तमान सरकारले २०७५ साल असारसम्म गरेका महत्वपूर्ण कार्यहरु’ नामक पुस्तिका सार्वजनिक गर्दै यस्तो दावी गरेको हो।

पुस्तिकामा पाँच महिना अवधिमा २० क्षेत्रमा विभिन्न उपलब्धि भएको दावी गर्दै तिनको सूचीसमेत दिइएको छ। त्यसमध्ये ‘सुशाासनका लागि मानक थालनी’ अन्तर्गत विभिन्न १३ खालका उपलब्धि हासिल भएको सरकारको दावी छ।

यसैगरी ‘हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तन’ शीर्षक अन्तर्गत ६ वटा उपलब्धि समेटिएका छन् भने ‘नेपालका आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्ध’ अन्तर्गत ११ उपलब्धि हासिल भएको दावी गरिएको छ।

पुस्तिकामा प्रधानमन्त्री ओलीको २३–२५ चैत्र २०७४ मा भएको भारतको ३ दिने राजकीय भ्रमण र ५–१० असार २०७५ मा भएको चीनको औपचारिक भ्रमणपनि उपलब्धिमूलक भएको बताउँदै त्यसको सविस्तार चर्चा गरिएको छ।