काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीपूर्वनिर्धारित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसको कार्यक्रममा अनुपस्थित भएका छन् ।
ओलीको सचिवालयले आइतबार साँझ ओलीको सोमबारको कार्याक्रममा अख्तियार दिवसको कार्यक्रम उल्लेख गरेर सञ्चारकर्मीहरूलाई प्रस्तावित कार्यक्रमको रूपमा पठाएको थियो ।
पूर्वनिर्धारित कार्यक्रम ओलीले बहिस्कार गरेका हुन् कि अर्को कुनै कारण हो त्यो अझै स्पष्ट भएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री आइतबार ‘लेट नाइट’ बसेकाले सहभागी हुन नसकेको जनाएको छ ।
ओली बिहान ४ बजेसम्म बसेकाले उठ्न ढिला भएकाले नगएको सचिवालयले बताए पनि निटकस्थहरू स्वास्थ्यमा समस्या भएकाले उनी जान नसकेको बताएका छन् ।
ओली केही दिन अघि पनि अस्वस्थ भएपछि तीन दिन सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका थिए ।





प्रतिक्रिया