काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग करिब १ घण्टा छलफल गरेका छन् ।
आज मंगलबार पौने १२ बजे आयोग पुगेका प्रधानमन्त्री ओलीले निर्वाचन आयुक्त दिनेश थपलियालगायत अन्य पदाधिकारीसँग १ घण्टा छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारीबारे जानकारीसमेत लिएका छन् । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका थिए ।
सौ क्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको अवधिमा दलभित्रको विवादमा निर्वाचन आयोग प्रवेश गर्न नमिल्ने भन्दै पार्टीको आधिकारिक अध्यक्ष आफै भएको प्रमाण आयोगसँगै रहेको बताएका छन् ।
वैशाखमा निर्धारित निर्वाचनको बारेमा छलफल गर्न मंगलबार आयोग पुगेका ओलीले निर्वाचन प्रयोजनका लागि दल दर्ताको कुरा निस्किएपछि पुस ५ अघि नेकपामा कुनै विवाद ननिस्किएकाले अब १२० दिनभित्र पार्टीभित्रका विवादमा आयोग पस्न नमिल्ने बताएका हुन् ।
साथै प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सल्लाहकार थापाका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पनि निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउने बताएका छन् ।




प्रतिक्रिया