अब सडक मानिस भेटिँदैनन्, सरकारले खोजी–खोजी आश्रममा राखेको छः प्रधानमन्त्री ओली

अब सडक मानिस भेटिँदैनन्, सरकारले खोजी–खोजी आश्रममा राखेको छः प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री अ‍ोली शर्मा ओलीले बालबालिका मुक्त सडक बनाइएको दाबी गरेका छन् ।

आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँगको अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री ओलीले बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुको उचित व्यवस्थापन गरिएको बताएका छन् । त्यस्ता व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य, सीप विकासका लागि सरकारले उचित सहयोग गर्ने उनले आश्वासन दिएका छन् ।

‘सरकारले शारीरीक अपाङ्गता भएका व्यक्तिहरुको उचित हेरविचार गर्नुपर्छ । सरकारले अभिभावक, शहारा नभएका व्यक्तिहरुका सन्दर्भमा म तपाईहरुलाई ढुक्कसँग भन्न चाहान्छु, सरकार छ,’ उनले भने, ‘हिजो खाते भनेर अपमान गरिन्थ्यो । आज कुनै पनि नेपालीका छोराछोरीले खाते भन्ने सुन्नु बेहोर्नु परेको छैन् । हामी नेपालीका छोराछोरीलाई खाते हुन दिँदैनौं । अहिले सडकमा खाते छैनन् । जसलाई खाते भनेर अपमान गरिन्थ्यो । सरकार अभिभावकको भूमिका खेल्छ । सरकार छ । यसमा भूगोल, जात, भाषाको हिसाब हुँदैन ।’

प्रधानमन्त्री अ‍ोलीले सरकारले सडक मानवमुक्त अभियान सफल पारेको बताएका छन् । उनले सडकमा अलपत्र परेका अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले खोजीखोजी खाना खुवाएको बताएका छन् ।

‘अब सडक मानिस भेटिँदैनन् । सरकारले खोजी खोजी आश्रममा राखेको छ । मानव आश्रमहरुसँग मिलेर सरकारले काम गरेको छ । त्यस्तो काममा क्रियाशील साथीहरुलाई म धन्यवाद भन्न चाहान्छु’, उनले भने, ‘अपाङ्गता भएका मानिसहरुलाई खोजीखोजी ल्याएर खाना खुवाइरहेका छौं ।’