काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहीलाई अवार्ड दिने घोषणा गरेका छन् ।
पाकिस्तान र चीनको सीमानामा रहेको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी नयाँ रेकर्ड कायम गरी फर्केका १० नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै हिमाल आरोहण गर्नेलाई अब उप्रान्त राज्यले अवार्ड दिने घोषणा गरेका हुन् ।
उनले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए माउन्ट केटु आरोहणमा आफू पनि जान सक्ने बताएका छन् । ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले ठट्यौली गर्दै भने, ‘अझ बढी धुमधाम हुन्थ्यो । तर त्यो दुस्साहस आफूले गरेको भए फर्केर आउँदिन थिएँ होला ।’
माउन्ट केटु आरोहण गरी फर्केको टिमलाई सम्मान प्रधानमन्त्री ओलीले आरोहणको क्रममा अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै अनुभवलाई हल्का रुपमा नलिन समेत आग्रह गरे ।




प्रतिक्रिया