बालुवाटारमा अ‍ोली र प्रचण्डबीच भेटवार्ता, स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल

बालुवाटारमा अ‍ोली र प्रचण्डबीच भेटवार्ता, स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटावार्ता भएको छ । दुवै अध्यक्षबीच स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको हो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले २६ गते बस्ने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको जानकारी दिए ।

दुवै अध्यक्षबीच नेकपा कार्यदलले तयार पारेको प्रतिवेदनका विषयसमेत छलफल भएको बताइएको छ । गत साउन १३ गतेदेखि स्थगित नेकपा स्थायी कमिटी बैठक भदौ २६ गतेका लागि बोलाइएको छ ।