विराटनगरमा पाइपबाट घरघरमा ग्यासँ, प्रधानमन्त्रीले गरे सुरुवात


काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार विराटनगरमा पाइपबाट घरघरमा ग्यासँको उद्घाटन गरेका छन् । विराटनगर उपमहानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरी उत्पादन गरिएको वायोग्यासको (मंगलबार) सुरुवात गरीएको हो ।

तत्कालीन जिल्ला विकास समितिअन्तर्गत वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले गौशालामा ८४ लाखमा ग्यास उत्पादन गरेको हो । उक्त ग्यास पहिलो चरणमा स्थानीयका ३५ घरमा जडान गरिएको छ ।

विश्व बैंकको ८४ लाख रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइपमार्फत् स्थानीय बासिन्दाको भान्सासम्म ग्यास पुर्याएको हो।स्थानीय गोसेवा सदनले गाईको गोबर संकलन गरी बायोग्यास उत्पादन गरेको हो।

विराटनगर–१४ का सयभन्दा बढी स्थानीयका घरघरमा बिछ्याएर ग्यास पुर्याइएको छ। त्यहाँका बासिन्दाले त्यही ग्यासबाट खाना पकाउन थालेका छन्।  एलपी ग्यासको एक सिलिन्डरमा भए जति बायोग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement