काठमाडौं – प्रधनामन्त्री केपी शर्मा ओलीले कञ्चानपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाइने बताएका छन् । उनले निर्मलाका हत्यारा अब उम्किन सम्भव नभएको भन्दै यस्तो बताएका हुन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसअघि निर्मला हत्या प्रकरणका दोषीलाई जोगाउन र पक्राउ परिसकेका व्यक्तिलाई छुटाउन र घटना बिथोल्न अनेकौँ प्रयास भएको उल्लेख गर्दै अब हत्याका दोषी नउम्कने बताए ।
‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन सम्भव छैन’, प्रधानमन्त्री ओलीले भने, ‘दोषीले अब कानुनको कठघरामा उभिनै पर्नेछ ।’




प्रतिक्रिया