ओलीको राजनीतिक प्रतिवेदनः कांग्रेस मुख्य प्रतिस्पर्धी (पूर्णपाठ)

ओलीको राजनीतिक प्रतिवेदनः कांग्रेस मुख्य प्रतिस्पर्धी (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको प्रमुख प्रतिस्पर्धी कांग्रेसलाई स्वीकारेका छन् ।

शुक्रबारबाट सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानेको हो ।

एमाले विभाजन गर्न अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाएका उनले आफूले पार्टी एकताका लागि हदैसम्म लचक भएको जिकिर गरेका छन् ।

ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गरेका छन् ।