क्रेस्ट माइक्रो लाइफको आइपिओ खुल्याे,कहिले सम्म दिन सकिन्छ आवेदन ?

क्रेस्ट माइक्रो लाइफको आइपिओ खुल्याे,कहिले सम्म दिन सकिन्छ आवेदन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (फागुन २२ गते) देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा पूर्ण आवेदन प्राप्त नभएमा, निष्काशन अवधि चैत ७ गतेसम्म थप गरिनेछ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।

यसअघि १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको थियो। यसबाहेक कम्पनीका कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूको लागि १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर बाँडफाँट गरिएका छन्।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओको शेयर निष्कासन र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।