काठमाडौं – आसन्न एभरेष्ट प्रिमियर लिगका लागि वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने पक्का भएको छ । गेललाई पोखरा राइनोजले इपीएलका लागि नेपाल ल्याउने लागेको हो ।
लामो समयको प्रयासपछि गेलले ईपीएल खेल्न राजी भएको पोखरा राइनोजले जनाएको छ । उनी पोखराको आइकनिक खेलाडीसमेत रहेका छन् ।
ईपीएलको सफलताले गर्दा गेलले नेपालमा खेल्न राजी भएको टिमका मालिक दिपा अग्रवालले बताए । उनलाई नेपाल ल्याउनका लागि ६ महिना मेहेनत गरेको टिमको भनाइ छ ।
गेल नेपाल आएपछि सबैले सेलिब्रेसन गर्ने इपीएल आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले बताए ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।




प्रतिक्रिया