काठमाडौं – कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा कृषि विकास बैंक लहानका शाखा अधिकृत पक्राउ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लहान शाखाका अधिकृत सुनिलकुमार झालाई लाहानबाटै पक्राउ गरेको हो ।
ह्याकरले झाकै कम्प्युटर प्रयोग गरी गोप्य विवरणहरु प्रयोग गरेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । यसअघि यस प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् । असोज ५ गते बैंकको लहान शाखामार्फत विभिन्न एजेन्टको नाममा ह्याकरले रकम पठाएको थियो ।




प्रतिक्रिया