काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा विद्युतीय चुरोट (भेप) मा लुकाइएको सुन छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको मुद्दा काठमाण्डु जिल्ला अदालतमा हेर्दाहेर्दैमा राखिएको छ ।
अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले मंगलबार अदालतमा महराको बयान लिने कार्य पूरा भएको र थुनछेक बहस भोलि बुधबार हुने तय भएको जानकारी दिए ।
अभियोजनअनुसार महराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गर्दै आफू निर्दोष भएको दाबी गरेका छन् । उनले इन्कारी बयान दिँदै भनेका छन्, ‘ममाथि लगाइएका आरोपहरू पूर्णरूपमा असत्य छन्, मेरो कुनै संलग्नता छैन ।’
महराले चिनियाँ नागरिक दाओजिन वाङसँग चिनजान पुरानो रहेको बताए । वाङ आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको उनको दाबी छ ।
भोलि थुनछेक बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा रिहा गर्ने भन्ने आदेश दिनेछ ।




प्रतिक्रिया