काठमाण्डु – पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालत काठमाण्डुमा भएको थुनछेक बहसपछि उनलाई थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको छ ।
महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो माग दाबीसँगै ३ वर्षभन्दा बढी कैद सजायको माग गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई गत आईतबार पक्राउ गरेको थियो ।
उनीमाथि विद्युतीय चुरोट (भेप) भित्र लुकाइएका सुनका परिमाण विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।




प्रतिक्रिया