सुशासन समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित

सुशासन समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।

मंगलबार सिंहदरबारस्थित समितिको बैठककक्षमा समितिका जेष्ठ नागरिक महन्त ठाकुरको सभापतित्वमा बसेको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो ।

सभापति ठाकुरले बैठकमा कृष्णप्रसाद पौडेललाई समितिको सभापति चयन गर्नका लागि एक मात्रै प्रस्ताव पेश भएकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

पौडेललाई सभापति बनाउन नारायणदत्त भट्टको प्रस्ताव र जगत तिमल्सिनाको समर्थन रहेको थियो ।