झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन जिल्ला कार्यसमिति झापाले सिफारिस गरेको छ ।
नेता सिटौलालाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन जिल्ला कार्यसमितिले सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।
संविधान निर्माण र शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेका सिटौलाको नाम सिफारिस गर्न जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँनगर सभापतिको संयुक्त बैठकले सर्वसम्मत निर्णय गरेको जिल्ला सचिव कृष्णप्रसाद हुमागाईले बताए ।
आज शुक्रबार बसेको बैठकमा पार्टी जिल्ला सभापति देउमान थेवेले सिटौलाको नाम प्रस्ताव गरेका हुन् । सिटौलाको नाममा सचिव राम कट्टेलले समर्थन जनाएका थिए । सिटौला झापाको भद्रपुर नगरपालिकाका वासिन्दा हुन् ।
सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्ने लबिङ समेत भइरहेको छ ।




प्रतिक्रिया