काठमाण्डु – राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन् ।
प्रतिनिधि सभामा कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभामा दलको नेता मनोनित गरेका हुन् ।
कांग्रेस विधानमा प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने प्रावधान छ । सोहीअनुसार शनिबार देउवाले सिटौलालाई मनोनित गरेका छन् ।




प्रतिक्रिया