निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ ।

सोमबार साँझ बसेको समितिको बैठकले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ ।

यसअघि उनले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिन निवेदन दिएका थिए । सुनुवाइ समितिले निवेदनमै टेकेर अस्वीकृत गर्ने निर्णय गरेको छ ।

समितिको निर्णयमा भनिएको छ, ‘प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय गरियो ।’

संवैधानिक परिषद्ले असार २ गते प्रधानलाई आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि उनकी पूर्व सहकर्मीले यौनशोषण र दुर्व्यहार गरेको उजुरी दिएपछि सिफारिस विवादित बनेको थियो ।