इपानको अध्यक्षमा कृष्ण आचार्य चयन

इपानको अध्यक्षमा कृष्ण आचार्य चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्विरोध चयन भएका छन् । आचार्य इपानको आइतबार बसेको भेलाबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिन्दवासिनी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष आचार्य निर्माणाधीन १ सय ५५ मेगावाटको धुन्साखोला(तेह्रथुम), ४८.८ मेगावाटको खिम्ति–२ (दोलखा), २० मेगावाटको लाङटाङखोला (रसुवा) र व्यवसायिक उत्पादनमा रहेको मोदी खोला–१ (पर्वत)हाइड्रो पावरसँग सम्वद्ध छन् ।

त्यस्तै भेलाले उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगीलाई चयन गरेको छ । महासचिवमा गोरे शेर्पा, सचिवमा भरत खत्री, बलराम खतिवडा र राम आचार्य तथा कोषाध्यक्षमा आनन्द चौधरी चुनिएका छन् ।

कार्यसमिति सदस्यहरुमा प्रकाश दुलाल, भरत खड्का, भरत लामिछाने र उत्तम ब्लोन तथा महिला सदस्यमा अविज्ञा मल्ल र कविता कँडेल सर्वसम्मत चयन भएको इपानले जनाएको छ ।