पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्चको आदेश

पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

काठमाण्डु जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

भेप भित्र ९ किलो सुन लुकाएर तस्करी गरेको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

२०७९ पुस १० गते, फ्लाई दुबईको एफजेड ०५८७ नम्बरको विमानमार्फत काठमाण्डु आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेशमा ७३ बट्टा (७३० थान भेप) ल्याएका थिए। ती भेपभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएको पाइएको थियो।

भन्सारका तत्कालीन नासु रेवन्त खड्कालगायतको मिलेमतोमा उक्त सुन बेचिएको खुलेको छ। अनुसन्धानका क्रममा महराले भन्सारमा दबाब दिएको प्रमाण फेला परेको बताइन्छ।

सोही प्रकरणमा उनका छोरा राहुल महरा पक्राउ परेर कारागार चलान भइसकेका थिए।