काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले दर्ता गराएको निवेदनको सुनुवाइ पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास अभियोग लागेपछि काठमाडौं जिल्ला अदालतको आदेशमा डिल्ली बजार कारागारमा रहेका महरा १७ नम्बर निवेदन उच्च अदालत पाटनका मुख्य न्यायाधीश सुवेदीको इजलासमा दर्ता भएको हो ।
महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दर्ता गराएको निवेदन शुक्रबार मुख्य न्यायाधीश सुवेदीको इजलासमा पेस भएको हो । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध महरा उच्च अदालत पुगेका थिए ।
जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहितको निवेदन पाटनमा दर्ता भएको थियो । महराले निवेदनमा अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउन माग गरेका छन् ।
गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोगमा महरालाई थुनामा राखी अनुसन्धानअघि बढाउन आदेश दिएको थियो ।




प्रतिक्रिया