काठमाडौं – बलात्कारको अभियोग लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अन्तिम सुनुवाइ आज (आइतबार) जारी छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भइरहेको छ । सम्भवतः सुनुवाईको आजै फैसला आउने अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा गत असोज १९ मा पक्राउ परेका थिए । सोही अभियोगमा महरा अहिले जेलमा छन् ।




प्रतिक्रिया