नेकपाको विवादले जनतामा निराशा छायोः पूर्वसभामुख महरा

नेकपाको विवादले जनतामा निराशा छायोः पूर्वसभामुख महरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले जनता निराश भएको बताएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वसभामुख महराले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि असर गरिरहेकाले नेताहरु भाइरसविरुद्ध लड्न एकजुट हुनुपर्नेमा विभाजनमा जानु दुःखद् भएको बताएका छन् ।

उनले लकडाउनको अवस्थामा मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको बताएका छन् ।

‘अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ । हालको अवस्थामा सबै दल तथा जनसमुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो’ उनले भनेक छन्, ‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन् ।’

उनले अहिलेको जटिल परिस्थितिमा दलहरुबीच एकता र सहकार्य हुनुपर्ने खाँचो औल्याएका छन् । उनले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न आग्रह गरेका छन् ।

‘यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन । दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु’, उनले भनेका छन् ।