काठमाण्डु – पूर्व सभामुख कृष्णबहादुर महरा पत्नी सीता महरा अस्वस्थ भएपछि थप उपचारका लागि काठमाण्डु ल्याइएको छ ।
शुक्रवार बिहान ९ बजेतिर एभरेष्ट एरलान्सको हेलिकोप्टरमार्फत दाङको घोराहीबाट महरा पत्नीलाई उपचारका लागि काठमाण्डु ल्याइएको हो ।
सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि हेलिकोप्टरमार्फट काठमाण्डु लैजानु परेको जानकारी दिइएको छ ।
महरा गत निर्वाचनमा दाङको क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।




प्रतिक्रिया