महरालाई पुनः म्याद थपका लागि आज अदालत लगिँदै

महरालाई पुनः म्याद थपका लागि आज अदालत लगिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः म्याद थपका लागि आज अदालत लगिँदैछ ।

जिल्ला अदालत काठमाडौंले २८ असोजमा जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।

पछिल्लोपटक थपिएको समयमा समेत अनुसन्धान नसकिएपछि प्रहरीले म्याद थपका लागि महरालाई आइतबार पुनः अदालतमा उपस्थित गराउन लागेको हो ।

जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ ।

पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आएका थिए । तर, स्वास्थ्यमा गडबडी भएपछि उनी नर्भिक अस्पताल भर्ना भएका छन् ।