ममाथि मिडिया ट्रायल भयोः कृष्णबहादुर महरा

ममाथि मिडिया ट्रायल भयोः कृष्णबहादुर महरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले मिडियाले गलत समाचार लेखेको भन्दै गुनासो पोखेका छन् । महराले आफूमाथि ‘मिडिया ट्रायल’ भएको गुनासो गरेका हुन् ।

महराले आफू अस्वस्थ भएर अस्पतालमा उपचार गराइरहेकाले बयान दिन नसकेको बताएका छन् । उनले ‘महराले बयान दिन अस्वीकार गरे’ भन्ने गलत समाचार मिडियाले प्रकाशित गरेकोमा आपत्ति जनाएका छन् ।

‘महराजीले आफूलाई सोध्दै नसोधी बयान दिन अस्वीकार गरेको भनेर समाचार लेखियो भन्ने उहाँको गुनासो छ’, स्रोतले काठमाडौंपाटीसँग कुरा गर्दै भन्यो, ‘उहाँको स्वास्थ्यमा सुधार आएको छ । अब उहाँ बयान दिन तयार हुनुहुन्छ ।’

महराका वकिल मुरारी सापकोटाले सम्बन्धित व्यक्तिलाई सोध्दै नसोधी समाचार सम्प्रेषण भएकोमा महराले आपत्ति जनाएको बताए । उनले महरा अस्वस्थ भएकाले बयान दिन ढिलाई भएको स्वीकार गरेका छन् ।

अहिले सरकारी वकिल कार्यालयमा महराको बयान चलिरहेको छ । बयना सकिन ३/४ घन्टा लाग्ने बताइएको छ ।