महराको बयानः रोशनी शाहीको कोठाभित्र गएकै छैन, कसरी मेरो चश्मा र तलुवा छुट्छ ?

महराको बयानः रोशनी शाहीको कोठाभित्र गएकै छैन, कसरी मेरो चश्मा र तलुवा छुट्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको दाबी गरेका छन् ।

आइतबार जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा महराले आफू घटना भएको दिन रोशनीको डेरामा नगएको बताएका हुन् । ‘म त्यस दिन रोशनीलाई भेट्न गएको हो’, महराले भने, ‘तर, तीनकुनेमा रहेको उनको डेरा नजिकै गएर फोन गर्दा उठेन, केही समय अल्मलिएर घर फर्कें ।’

बयानमा महराले आफूले रक्सी लिएर गएको तथा जुत्ताको तलुवा र चश्मा छुटेको भन्ने आरोपको प्रतिवाद गरे । ‘यो सबै मलाई फसाउने षड्यन्त्रका लागि भनिएका कुरा हुन’, महराले भने, ‘म कोठाभित्र गएकै छैन, कसरी मेरो चश्मा र तलुवा त्यहा छुट्छ ?’