महरामाथि अनुसन्धान गर्न दिएको म्याद सकियो, पुनः म्याद थप्ने तयारी

महरामाथि अनुसन्धान गर्न दिएको म्याद सकियो, पुनः म्याद थप्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद सचिचवालयकी एक जना कर्मचारीमाथि जबर्जस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले अनुसन्धान गर्न दिएको म्याद आजबाट सकिएको छ ।

जिल्ला अदालतले कात्तिक २ गतेबाट लागू हुनेगरी पाँच दिनको म्याद अदालतले थप गरेको थियो । बलात्कार प्रयासको थप अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गर्न माग गर्दै प्रहरीले महरालाई जिल्ला अदालत काठमाडौं लाने तयारी गरेको छ ।

प्रहरीले अनुसन्धान जारी रहेकाले थप समय माग गर्ने तयारी गरेको छ । महराको बयान लगायत अन्य प्रमाण संकलनको काम प्रहरीले गरिरहेको छ ।

गत आइतबार महराको सरकारी वकिल समक्ष बयान भएको थियो । बयानमा महराले आफू पीडित भनिएकी महिलाको कोठामा नगएको बताएका छन् ।

आज अदालतबाट म्याद थप नभएको खण्डमा प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनुपर्ने हुन्छ । प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लिएर जान्छ ।

त्यसपछि अदालतमा बयान र थुनछेक प्रक्रिया प्रारम्भ गर्नेछ। अदालतले धरौटी वा तारेखमा रिहा गर्ने अथवा पूर्पक्षका लागि थुनामा पठाउने समेत आदेश गर्न सक्छ ।

पूर्पक्षको लागि थुनामा रहेमा महरा सांसद् पदबाट स्वतः निलम्बित हुनेछन् ।