काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहका सांसद कृष्ण भक्त पोखरेल ओली समूहमा लागेका छन् ।
सांसद पोखरेलले आज बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागी भएर आफु मुलधारको एमालेमा लागेको घोषणा गरेका हुन् ।
बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले, जबज र सूर्य चिन्ह पाएपछि आफु संस्थापक अध्यक्ष ओलीको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सघाउन मूलघारको एमालेको आएको बताए ।
‘अब म मूलधारमा लागेँ, अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु,’ उनले भने ।




प्रतिक्रिया