राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल मनाङ प्रस्थान

राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल मनाङ प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्री लिएर मनाङ प्रस्थान गरेका छन् ।

औषधी, खाद्य सामग्री र टेन्ट लिएर मुख्यमन्त्री पोखरेल, राजीव गुरुङसहितको टोली मनाङ निस्किएको हो । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल मनाङ पुगेका छन् ।

मनाङ प्रस्थान गर्नुअघि सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशवासीलाई सुरक्षित तबरले व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

साथै उनले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपद्मा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन समेत दिएका थिए ।