काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन पक्षबाट कृष्णप्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्री बनाउने सहमति गरेको छ ।
पार्टीको १४औं महाधिवेशनको उद्घाटनसत्र सकिएसँगै भृकुटीमण्डप क्षेत्रमा आन्तरिक छलफलमा जुटेको सिटौला समूहले संस्थापन पक्षबाट पौडेललाई महामन्त्री बनाउने सहमति गरेको हो ।
केन्द्रीय महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य गर्ने रणनीतिमा थियो सिटौला समूह । कांग्रेसमा तेस्रो धार भनेर चिनिएको सिटौला पक्षले संस्थापन र पौडल दुवै समूहसँग भागबण्डा मिलाउनेबारे छलफल गर्दै आइरहेको थियो ।




प्रतिक्रिया