काठमाण्डु – नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले आशन्न १४औं महाधिवेशनमा आफ्नो अलग्गै प्यनाल घोषणा गर्ने तयारी गरेका छन् ।
आज दिउँसो ३ बजे गौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयमा बस्ने बैठकले आफ्नो समूहको प्यानल घोषणा गर्ने नेता बलदेव तिमिल्सिनाले बताए । प्यानल घोषणा गर्ने बैठकमा सिटौला पक्षका देशभरका नेता कार्यकर्ता सहभागी हुने र त्यहीँबाट प्यानल घोषणा गरिने उनले बताए ।
यसअघि बुधबार सिटौला निवासमा बसेको बैठकले सभापतिमा आफै उठ्ने वा कुनै समूहलाई सघाउनेबारे निर्णय गर्ने अधिकार सिटौलालाई दिने निर्णय गरेको थियो । यता बुधबारै वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौलालाई भेटी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।




प्रतिक्रिया