‘जुना : एक व्यथा’ मा डेब्यू गर्दै धिताल

‘जुना : एक व्यथा’ मा डेब्यू गर्दै धिताल


काठमाण्डु- कलाकार कृष्णप्रसाद धिताल फिल्म ‘जुना : एक व्यथा’ मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान् बिर्खलालको भूमिकामा अभिनय गरेका कृष्ण फिल्मबाट डेब्यू गर्न लागेका हुन् । फिल्म माघ २५ गतेबाट रिलिज हुँदैछ ।

रत्नपार्कमा परिवार नियोजन सम्बन्धी सडक नाटकमा अभिनय गरिरहँदा कृष्णलाई फिल्म ‘जुनाः एक व्यथा’ मा अभिनयको अवसर मिलेको थियो ।

फिल्मको कथाले नै आफूलाई ‘जुना : एक व्यथा’ तानेको उनी खुलाउँछन् ।

दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेन्चुरीको निर्देशन रहेको फिल्म ‘जुना : एक व्यथा’ मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।