काठमाण्डु – शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले राजा रहने परम्परालाई कायम राख्ने संकेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसँगै स्व. मदन भण्डारीको एउटा अडियो क्लिप सेयर गरेका छन् ।
भोलि अर्थात माघ २३ गते केपी शर्मा ओली पक्षले नारायणहिटी अगाडि जनसभा गर्ने तयारी गरिरहेका बेला सरकारका बहालवाला मन्त्रीले यस्तो गरेका हुन् ।
उक्त अडियोमा स्व. भण्डारीले भनेका छन्, ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर भए पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरिन्छ भने त्यो ठूलो आपत्तिको कुरा हुनेछैन । किन ठूलो आपत्तिको कुरा हुने छैन, यसकारणले ठूलो आपत्तिको कुरा हुनेछैन किनभने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ ।’




प्रतिक्रिया