घरबेटी छुटाउने शिक्षामन्त्रीलाई मानव अधिकार आयोगको स्पष्टिकरण

घरबेटी छुटाउने शिक्षामन्त्रीलाई मानव अधिकार आयोगको स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई स्पष्टिकरण सोधेको छ ।

सञ्चारकर्मी रुपा सुनार प्रकरणपछि विवादमा तानिएपछि मंगलबार आयोगले कार्यालयमा बोलाएर स्पष्टिकरण सोधेको हो । बहालवाला मन्त्री नै जातिय छुवाछुत जस्तो कार्यमा संलग्न भएर घटनाको अनुसन्धान नै प्रभावित पारेको भन्दै आयोगले स्पष्टिकरण सोधेको हो ।

आयोगका सह–प्रवक्ता लोकनाथ बाँस्तोलाले आयोगमा पुगेका मन्त्री श्रेष्ठले गल्ती स्वीकार गरेको बताए । आयोगले यसबारे विज्ञप्ति जारी गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ ।

जातका कारण डेरा नदिएको आरोपमा बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रुपा सुनारको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

तर, सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन अस्वीकार गरेपछि प्रधानलाई असार ९ गते थुनामुक्त गरेको थियो ।

थुनामुक्त भएकी प्रधानलाई मन्त्री श्रेष्ठले बा १ झ ८७६३ नम्बरको आफ्नै गाडीमा चढाएर बबरमहल छाडेका थिए ।