कृष्णहरि पुष्करको राजस्व सचिवमा सरुवा

कृष्णहरि पुष्करको राजस्व सचिवमा सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले राजस्व सचिवमा कृष्णहरि पुष्कर कर्णलाई जिम्मेवारी दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पुष्करलाई राजस्व सचिवमा सरुवा गरेको हो । उमेर हदका कारण रामशरण पुडासैनीले अवकाश पाएपछि रिक्त स्थानमा उनलाई ल्याइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अतिरिक्त सचिव रहेका पुष्कर सहसचिव हुंदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए । उनिसंग दिल्लीस्थित नेपाली दूतावासमा आर्थिक सहचारी,मकवानपुर,वारालगायतका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी र श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेको अनुभव छ ।

त्यसका साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन्।

पुष्करसंग गृहप्रशासनमा लामो समय काम गरेको अनुभव छ । उनलाई गृहमन्त्रालयको सचिव बनाउने चर्चा चलेपनि अन्तिममा टेकनारायण पाण्डेलाई गृहसचिव बनाइएको थियो ।