तस्वीरमा श्रीकृष्ण जन्माष्टमी

तस्वीरमा श्रीकृष्ण जन्माष्टमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रीकृष्णजन्माष्टमी पर्व शनिबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

कृष्णजन्माष्टमी पर्वका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरलगायत देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।