बागमती प्रदेशका सामाजिक विकास मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका सामाजिक विकास मन्त्रीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा लागेपछि मन्त्री खनालले राजीनामा दिएका हुन् ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसँगै खनालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

मंगलबार बागमती प्रदेशका एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेका थिए । १२ जना सांसदले एमाले छोडेपछि शाक्य १५ दिनमा अल्पमतमा परेकी छन् ।