केपी ओली दोस्रो जंगबहादुर बन्न खोज्दैः कृष्ण पहाडी

केपी ओली दोस्रो जंगबहादुर बन्न खोज्दैः कृष्ण पहाडी


काठमाण्डु – मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद बिघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन् ।

सामेबार काठमाण्डुमा भएको एक कार्यक्रममा बोल्दै नेता पहाडीले ओलीको प्रयासले अस्थिरतामा विदेशी र राजावादीले फाइदा उठाउन थालेको समेत बताए ।

‘केपी ओली दोस्रो जङ्गबहादुर बन्न खोज्दैछन्,’ उनले भने,‘संसद बिघटन गराउने उनको कदमले भारत र चीनले हस्तक्षेप गरेका छन् । विप्लव र राजावादीले समेत यसको फाइदा उठाउन थाले ।’ सर्वोच्च अदालतले यो बिघटनको फैसलालाई मान्यता दियो भने अन्यले पनि सोही अनुसारको परम्परा पछ्याउने औल्याए ।

पछिल्लो पटकको संसद विघटनबाट विश्व झनै चकित भएको पहाडीको कटाक्ष थियो । उनले पार्टीको किचलोका कारण संसद बिघटन गरेको केपी ओलीको भनाईको कडा आलोचना समेत गरे । “संसदमा अविश्वासको प्रस्ताव आउछ भन्ने थाहा पाउनासाथ उनले संसद बिघटन गरे, आफ्नो पार्टीलाई पनि छोडेनन् र संसदलाई पनि छोडेनन्,” पहाडीले अगाडि भने, “सबै किसिमको संसदीय विकल्पको प्रावधान छोडेर उनले संसद बिघटन गरेका छन्, एकतिरबाट मात्रै ४० प्रतिशत भए पार्टी फुटाउन सक्ने जस्तो प्रावधान ल्याए, उनी मात्रै होइन माधब नेपाल र प्रचण्ड पनि यसका दोषी हुन् ।”

उनले प्रतिनिधिसभामा पराजित भएका व्यक्ति मन्त्री हुन नसक्ने प्रावधानलाई उल्लंघन गर्दै हारेका व्यक्तिलाई पनि ओलीले मन्त्रीमा नियुक्ती दिएको तर्क गरे । कसैले पनि संसद पुनःस्थापना गर्न सक्दैन भन्ने केपी ओलीको भनाई अदालतकै मानहानी भएको पहाडीले बताए ।