चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गराउने छु : प्रस्तावित राजदूत

चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गराउने छु : प्रस्तावित राजदूत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओलीले आफू राजदूत पदमा नियुक्त भए चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । नेपालतर्फबाट पनि यस्तै खालको उच्चस्तरीय भ्रमण गराउने आफ्नो पहल कदमी हुने प्रस्तावित राजदूत ओलीले बताए ।

संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै ओलीले दुवै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिहरूको भ्रमण आदान प्रदान गर्न आफनो प्रयत्न रहने उल्लेख गरे ।

चीनमा विभिन्न पेसा, व्यवसाय तथा शोधकार्यमा संलग्न नेपालीहरूको अनुभव, सीप र पुँजीलाई राष्ट्र निर्माणमा सहयोग गर्न प्रयास गर्ने पनि उने आफनो कार्ययोजनामा उल्लेख गरेका छन् ।